विद्याले पिठ देखाई दिएपछि एमालेका दोस्रो पुस्ताका नेताको बन्ध्याकरण
यस कारण निलम्वन गरियो ७० वर्षे उमेर हद
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीठ देखाई दिएपछि एमालेमा केपी शर्मा ओली पछाडि अध्यक्ष बन्ने नेताको अभाव भएको छ। विद्या तयार नभएको र ओलीको उत्तराधिकारी तयारी नहुँदा तेस्रो कार्यकालका लागि उनलाई नै अध्यक्ष बनाउन विधानमा भएको ब्यवस्था नै निलम्वन गर्नु परेको छ।
एमालेको १०औं महाधिवेशनले ७० वर्षे उमेर हदको ब्यवस्था गरिएको थियो। ओलीलाई अवकाश नदिन १०औं महाधिवेशनमा राखिएको सो प्रावधान निलम्बन गरिएको छ। ११औं महाधिवेशनमा एमालेमा विष्णु पौडेल र शंकर पोखरेलबीच अध्यक्षको प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। त्यसको विकल्पमा भण्डारीलाई आग्रह गरेपनि उनी तयार नभएपछि ओलीलाई नै निरन्तरता दिने तयारी गरिएको जनाईएको छ।
स्रोतका अनुसार भण्डारीले अब आफू सक्रिय राजनीतिमा नआउने भन्दै एमाले नेता कार्यकर्तालाई निराश बनाएकी छिन्। त्यसमाथि राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदयले एमालेमा निकै ठूलो चिन्ता छ।
ओली पनि पार्टीमा सक्रिय नहुने, भण्डारी पनि राजनीतिमा नआउने र अरु नेताप्रति विश्वास र भरोसा नभईसकेकाले ७० वर्षे उमेरहदलाई निलम्बन गर्नु परेको वताईन्छ। दुईपटक प्रधानमन्त्री र दुई कार्यकाल पार्टी अध्यक्ष भइसकेका ओली एमालेका सर्वैसर्वा हुन।
अब देखि ७० वर्ष उमेर पूरा भए पनि सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन सक्ने छन् । एमालेको यो प्रावधानले ओली र केही नेताहरुलाई फाइदा गरे पनि दोस्रो पुस्ताका नेताहरुलाई भने निराश वनाएको छ। उनीहरुको नेतृत्वमा पुग्ने चाहनाको वन्ध्याकरण भएको कतिपयले वताउन थालेका छन्।
बन्ध्याकरण