News

प्रचण्डको मुटु त ठिकै देखियो माननिय ज्यू, तपाईको मुटु कहाँ चेक गर्ने ?

रवि लामिछानेले आत्मआलोचनासहित यसरी माफी मागे

प्रचण्डको मुटु त ठिकै देखियो माननिय ज्यू, तपाईको मुटु कहाँ चेक गर्ने ?

प्रतिनिधि सभाको वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको ‘मुटु चेक गर्छु’ भनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफनै मुटु चेक गर्नु पर्ने भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्दा प्रधानमन्त्री डराएकाले उनको मुटु कमजोर हुन सक्ने भन्दै आफूले मुटु चेक गर्न चाहेको रविले बताएका थिए । तर यसो भनेको एक साता पनि नपुग्दै नबित्दै ‘मुर्रा भैंसी प्रकरणमा’ रवि आफैंले मुटु चेक गराउनु पर्ने अवस्था आएको छ।

उनका एक जना सांसदले प्रतिनिधि सभामा ‘प्रधानमन्त्री भैंसी चढेर आएको’ भन्दै प्रतिक्रिया दिएका थिए। उनले अमर्यादित भाषा प्रयोग गरेको भन्दै माओवादी सांसदले रेकर्डबाट हटाउन माग गरे। तर, रविले आफना सांसदको समर्थन गर्दै रकेर्डबाट हटाउन नहुने तर्क गरे। तर, त्यसको भोली पल्ट नै उनले पछिल्ला गतिविधि र त्यसमा आफू र आफ्ना सांसदका अमर्यादित टिप्पणीप्रति आत्मालोचना गरे।

प्रधानमन्त्रीमाथि पार्टीका सांसदले गरेको टिप्पणी दुःखद रहेको भन्दै त्यसका लागि आफू लज्जित पनि भएको उनले उल्लेख गरे भने संसदीय मर्यादामा आँच आउने गरी भएको बहसका लागि माफी पनि मागे।

संसदमा राँगा र भैंसीकै कुरा गर्ने हो भने पाँच वर्षपछि जनतामा मुख देखाउन नसकिने बताए। प्रतिनिधिसभाको जेठ २२ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको विषयमा प्रश्न सोध्ने क्रममा रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट प्लेन चढेर पोखरा विमानस्थलमा अवतरण नगरी भैँसी चढेर पो आउनु भो’ भनेका थिए ।

रवि लामिछाने भुटानी शरणार्थी

विशेष