News

शेरबहादुर देउवा आज राति नै किन जाँदैछन् सिंगापुर ?

शेरबहादुर देउवा आज राति नै किन जाँदैछन् सिंगापुर ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्रिभुवन विमानस्थलबाट प्रस्थान गर्नेछन्।

पेट सम्वन्धि समस्याका कारण नियमित फलोअपका लागि देउवा सिंगापुर जान लागेको उनको सचिवालयले जानकारी दियो। उनी २÷२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ।

पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका देउवा करिब एक सातापछि स्वदेश फर्कने तयारी छ। ‘पेटसम्बन्धी समस्या देखिएपछि उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको छ’ सचिवालयले भन्यो–‘अहिले पनि फलोअपमा जान लाग्नुभएको हो।’

विशेष