News

बालविवाहको आरोपमा बेहुला–बेहुली र आफन्तसहित पक्राउ

बालविवाहको आरोपमा बेहुला–बेहुली र आफन्तसहित पक्राउ

धनकुटामा बालविवाहका लागि तयार भएका वेहुला–वेहुली र बेहुलाका बावुसहित आफन्तलाई प्रहरीले मण्डपबाटै पक्राउ गरेको छ।

धनकुटा नगरपालिका ४ देब्रेबासबाट १९ वर्षीय बेहुला नरेश मङराती, बेहुलाका बाबु कृष्ण मङराती र १५ वर्षीया बेहुली सफला खड्कालाई प्रहरीले पक्राउ गरेको हो। विवाह मण्डपमा टीका लगाउने कार्य चलिरहेका बेला प्रहरीले उनीहरुलाई गाडीमा हालेर लगेको वताईएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी नरेन्द्र कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन अनुसार प्रक्रिया अघि बढाइने जानकारी दिए। मंगलबारदेखि अदालती प्रक्रिया अघि बढ्ने बताएका उनले अभिभावकहरू पनि अनुसन्धानको दायरामा पर्ने जानकारी दिए।

स्थानीयका अनुसार नरेश र सफलाले गत वैशाख १ गते नै भागेर अन्तर्जातीय विवाह गरेका थिए। धनकुटा नगरपालिका ६ कचिडे घर भएका बेहुली पक्षले कम उमेर भएका कारण विवाह गर्न अस्विकार गरेपछि उनीहरु घरै छोडेर हिडेको उनीहरुको भनाई छ।

आफै विवाह गरेपछि धार्मिक पद्धती अनुसार विधि पुर्याउने मात्र औपचारिक विवाहको आयोजना गरिएको स्थानीयको भनाई छ। 

बालविवाह

विशेष