News विदेश

पृथ्वीको अर्को चन्द्रमा भेटियो, यसलाई पृथ्वीको चक्कर लगाउन ३६५.४२ दिन लाग्ने

पृथ्वीको अर्को चन्द्रमा भेटियो, यसलाई पृथ्वीको चक्कर लगाउन ३६५.४२ दिन लाग्ने

वैज्ञानिकहरूले पृथ्वीको अर्को नयाँ चन्द्रमा फेला पारेका छन्। वैज्ञानिकहरूको एक अध्ययन अनुसार पृथ्वीको अर्को चन्द्रमा वा कम्तिमा अर्धचन्द्रमा रहेको देखाएको छ।

हवाइस्थित हलेकाला भोलकानोमा अवस्थित प्यान–स्टार्रस टेलिस्कोपको प्रयोग गर्ने विशेषज्ञले यो चन्द्रमा पत्ता लगाएका हुन्। उनीहरूको विश्वास छ कि यो पृथ्वीसँग ईसापूर्व कालदेखि छ, र अझै कम्तिमा १५ सय वर्ष पृथ्वीसँगै हुनेछ।

पृथ्वी र सूर्य दुवैको परिक्रमा गर्ने नयाँ चन्द्रमाको नाम २०२३ एफडब्लू १३ राखिएको छ। तर गुरुत्वाकर्षण बलअन्तर्गत यो चन्द्रमालाई सूर्यले आफूतर्फ तान्छ। खगोललविद् टोनी डोनका अनुसार यो चन्द्रमाले पृथ्वीलाई एक फन्को लगाउन ३६५.४२ दिन लगाउँछ।

हामीसँग पहिले भएको चन्द्रमाले पृथ्वीलाई एक फन्को लगाउने समयभन्दा यो धेरै हो। पहिलो चन्द्रमाले २७ दिन ६ घण्टामा पृथ्वीको एक फन्को लगाउने गरेको छ।

यसअघि सन् २०१६ मा ४६९२१९ नामक पृथ्वीको अर्धचन्द्रमा फेला परेको थियो। अहिले पत्ता लागेको चन्द्रमा र उक्त अर्धचन्द्रमा दुवै पृथ्वीका लागि कुनै हानिकारक नभएको वैज्ञानिकहरूले बताएका छन्।
 

विशेष