News

रक्सी खाएर आमालाई गाली गर्न थालेपछि दाईलाई २ टुक्रा पारेर भाई फरार

रक्सी खाएर आमालाई गाली गर्न थालेपछि दाईलाई २ टुक्रा पारेर भाई फरार

रक्सी खाएर आमालाई गाली गरेको रिसमा काठमाडौँको ओमबहालमा खुकुरीले हानेर भाईले दाईको हत्या गरेका छन्। काठमाडौँ महानगरपालिका २३ ओमबहालमा गए राती यो घट्ना भएको हो।

मदिरा सेवन गरी घर आएका ४५ वर्षिय दाइ सूर्य शाक्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरजले धारिलो हतियार प्रहार गरी राती करिब १२ बजे उनको हत्या गरेका हुन । धारिलो प्रहार प्रयोग गरेर आक्रमण गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । 

घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी भएको थियो। प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार प्रहरीलाई बिहान साढे ८ वजे मात्रै खवर गरिएको थियो।

दाईको हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

विशेष