News

खाण र रायामाझीको पक्षमा वहस गर्ने वकिल विरुद्ध नारावाजी, १३ जना पक्राउ

खाण र रायामाझीको पक्षमा वहस गर्ने वकिल विरुद्ध नारावाजी, १३ जना पक्राउ

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा वेच्न खोजेको आरोपमा पक्राउ परेका बालकृष्ण खाण र टोपबहादुर रायामाझीको प्रतिरक्षा वहस गर्ने वकिलहरु विरुद्ध प्रदर्शन भएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव ’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रतिवादीको पक्षमा बहस गर्ने वकिलहरु विरुद्ध वुधवार जिल्ला अदालत परिसरमै नाराबाजीसहित प्रदर्शन गरेको हो।

आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको बेला पुगेका विद्यार्थीहरुले नारावाजी गरेपछि प्रहरीले उनीहरुलाई धरपकड गरेको छ। त्यो क्रममा १३ जना विद्यार्थी नेताहरू पक्राउ परेका छन् ।

यो प्रकरणमा एमालेका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँणसहित १८ जना पक्राउ परेका छन् । १३ प्रतिवादीको पक्षमा हालसम्म दर्जनौँ वकिलहरुले बहस सकिसकेका छन् । नेता खाणको पक्षमा मात्रै १५ जनाले बहस गरेका थिए । 

अब इजलासमा आङ्टावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, टेकनाथ रिजाल र शमशेर मियातर्फका वकिलको बहस हुन बाँकी छ । उनीहरुको बहस आजै सकेर बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने तयारी छ । 
 

भुटानी शरणार्थी

विशेष