News विदेश

शौचालयमा गोप्य दस्तावेज लुकाएको आरोपमा ट्रम्पसँग अदालतले लियो वयान

शौचालयमा गोप्य दस्तावेज लुकाएको आरोपमा ट्रम्पसँग अदालतले लियो वयान

गोप्य दस्तावेज वाथरुममा राखेको र सरकारलाई फिर्ता नगरेको आरोप लागेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा बयान दिएका छन् ।

मियामी फेडरल अदालतमा बयानका क्रममा उनले आफूले कानुनको पालना गरेको दाबी गर्दै आफूलाई निर्दोष दाबी गरेका छन् । उनीमाथि साथी मार्फत एफबीआईको अनुसन्धान प्रभावित पार्न खोजेको आरोप पनि छ ।

यो वर्ष दोस्रो पटक अदालतमा पुगेका ७६ वर्षका ट्रम्प गाढा कालो रंगको सुट र रातो टाइमा थिए । अदालतमा उनी शान्त देखिएका थिए। बयानपछि उनी मियामीमै रहेको आफ्नो गल्फ क्लबमा पुगे र त्यहाँ जम्मा भएका समर्थकलाई सम्बोधन गरे ।

उनले आफूसँग अमेरिकाका सबै गोप्य दस्तावेज राख्ने अधिकार भएको तर सबै बाक्सालाई हेर्ने मौका नभएको बताए । ट्रम्पअघि कुनै पनि पूर्व तथा वाहलवाला राष्ट्रपतिलाई यस्तो आरोप लागेको छैन।

ट्रम्प सन् २०२४ मा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारको प्रमुख दाबेदार छन् । 
 

विशेष