चिकित्सले मृत घोषणा गरेकी महिला ५ घण्टापछि जिवित, अनुसन्धान गर्न समिति गठन

इक्वेटरको इक्वेडोरको बाबहोयो सहरकी एक महिला मरेको ५ घण्टापछि पुनः जिवित भएकी छिन्।
चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया ति महिला जीवित भएकी हुन्। सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए। उनको शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका लागि समाधिस्थल लैजान तयारी हुँदै थियो।
अन्त्येष्टिका लागि उनका छोरासहित मलामीले कफिन उठाउँदा मृत घोषणा गरिएकी मोन्टोयाले कफिनको भित्रबाट ढकढक्याएकी थिईन। अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क सीएनएनले जनाए अनुसार ती महिलालाई हृदयाघात भएको बताएको छ।
चिकित्सकले उनलाई मृत घोषणा गरेको विषयमा अनुसन्धान गर्ने जनाउँदै त्यसका निम्ति प्राविधिक समिति गठन गरिएको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार मोन्टोयालाई बाबाहोयोको मार्टिन इकाजा अस्पतालेको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो र पछि उनलाई मृत घोषणा गरिएको थियो।