मन्त्री किरातीले गैरकानुनी रुपमा सिम्रिक एयरलाई दिलाए हेलीपोर्ट वनाउने अनुमती
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराती भ्रष्टाचारविरुद्ध युद्ध छेड्नुपर्ने बताउँछन्। जनताको दवावमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई भने खोजुपर्ने उनी वताउँछन्।
तर, उनी स्वयम भने गैरकानूनीरूपमा लिप्न हुन थालेका प्रमाण फेला परेका छन्। उनले कानुनमा ब्यवस्था नै नभएको निजी क्षेत्रलाई हेलिपोर्ट (हेलिकप्टर उडान तथा अवतरण गर्ने विमानस्थल) बनाउन अनुमति दिएर नाङ्गो नाच देखाएको स्रोत वताउँछ।
मन्त्री किराँतीले जेठ २६ गते मन्त्रीस्तरीय निर्णयबाट निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेको इटापु डाँडामा हेलिपोर्ट बनाउन अनुमति दिलाएका छन्। सिम्रिक एयर वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति र उड्डयन सुरक्षा संवेदनशीलतालाई समेत बेवास्ता गर्दै मन्त्री किराँतीले होलिपोर्ट बनाउन अनुमति दिएको वताईएको छ। नेपालको कुनै पनि कानूनले निजी क्षेत्रलाई विमानस्थल बनाउन दिने परिकल्पना गरेको छैन । हेलिपोर्ट बनाउन अनुमति दिने निर्णय हवाई नीति २०६३ विपरीतसमेत छ ।
हवाई नीतिले प्राधिकरणको सहमति, अध्ययन, अनुसन्धान र आवश्यकताविना हेलिप्याड निर्माण गर्ने परिकल्पना गरेको छैन । हवाई नीतिले देशको आवश्यकता, भौगोलिक अवस्थिति, जनसंख्याको वितरण, क्षेत्रीय सन्तुलन, पर्यटन प्रवर्द्धन तथा विमानस्थलको निकटता र लागत तथा प्रतिफलका आधारमा सम्भाव्यता अध्ययन गरेर मात्रै निर्माण गर्ने भनेको छ ।
यसका लागि स्पष्ट मापदण्ड तोकिएको छ । अहिले कुनै अध्ययन र आवश्यकताविनै पर्यटन मन्त्रालयको निर्णयबाट सिम्रिकलाई हेलिपोर्ट बनाउन अनुमति दिइएको छ । पर्यटन मन्त्रालयको निर्णय गैरसैनिक हवाई उडान ऐन, २०१५ विपरीतसमेत हो ।
एउटा विमानस्थलबाट अर्को विमानस्थलसम्मको न्यूनतम् दूरीसमेत पालना नहुनेगरी अनुमति दिइएको छ । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिरहेको अन्तर्राष्ट्रिय स्तरको होलिपोर्टलाई असर पर्नेगरी पर्यटन मन्त्रालयको निर्णय आएको जनाईएको छ।