वैकुण्ठलाई मुख्यसचिव बनाउन वैरागीलाई राजिनामा गराईयो
राजदुत वन्ने खोजेका वैरागीलाई सुरक्षा सल्लाहकार वनाएर मन्त्रीसरहको सुविधा
असार २ गते अवकास हुन लागेका प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याललाई मुख्यमन्त्री बनाउन सरकारले मुख्यसचिव शंकरदाश वैरागीलाई राजिनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाएको छ।
अर्याललाई आज विहान वसेको मन्त्री परिषद वैठकले मुख्यसचिवमा नियुक्त गरी सकेको छ। पटक पटक अर्थसचिव हुन खोजेपनि अवसर नपाएका आर्याललाई सरकारले मुख्यसचिव वनाएको हो। हरेक मन्त्री फेरिँदा सम्भावित अर्थसचिवका रुपमा उनको चर्चा हुने गरेपनि कसैले पनि उनलाई अर्थको जिम्मेवारी दिएना्।
उपसचिवका रुपमा लामो समय राष्ट्रिय योजना आयोग र सहसचिवका रुपमा अर्थ मन्त्रालयमा बिताएका अर्थशास्त्रमा पीएचडीधारी अर्याललाई पाँच वर्षे कार्यकाल सकिनु दुई दिनअघि मुख्य सचिवमा नियुक्त गरिएको छ।
उनलाई मुख्यसचिव वनाउन आधा असोजसम्म कार्यकाल बाँकी रहेका निवर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजिजनामा गराईएको छ। यसोगर्दा वैरागीलाई पनि फलिफाप नै भएको छ।
वैरागी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त भएका छन्। उनले मन्त्रीसरहको सेवा–सुविधा पाउने छन्। उनले अमेरिकाको राजदुत वन्ने चाहना राखेका थिए।
सचिवकारुपमा अवकाश हुन लागेका अर्याललाई थप तीन वर्षका लागि मुख्यसचिवको जिम्मेवारी दिएको हो । अर्याल हाल सरकारका ७२ सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव थिए ।
काठमाडौंको फर्पिङमा जन्मिएका अर्यालले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नात्तकोत्तर गरेका छन् भने नर्वेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । ०४६ सालमा नायब सुब्बाको परीक्षा उत्तीर्ण गरी निजामती सेवा प्रवेश गरेका उनी ०४९ सालमा शाखा अधिकृत बने ।
उनले सचिवकारुपमा वित्त व्यवस्थापन आयोग, वाणिज्य मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जिम्मेवारी सम्हालेका थिए । उनलाई चैतको दोस्रो साता सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा तानेको थियो । तर उनले पछि आर्थिक तथा पूर्वाधार विकास महाशाखाको जिम्मेवारी पाए ।
यो पनि,