साउथ फिल्मको हिरो जस्ता मेयर बालेन्द्रले हिन्दी फिल्ममा लगाए प्रतिबन्ध

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाण्डौंमा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन्।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्द नसच्चिएसम्म हिन्दी फिल्म चल्न नदिने उनको घोषणा छन्।
उनले उक्त शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने भन्दै त्यसका लागि तीन दिनको समय दिएका छन्।
उनको यो घोषणा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अधिकांले उनको तारिफ गरेका छन्। तर, कतिपयले भने एउटा फिल्म निर्माणमा भएको गल्तीका कारण सम्पुर्ण फिल्म उद्योगलाई नै दण्डित गर्नु सही नभएको वताएका छन्।
महानगर र बालेन्द्रलाई फिल्ममा वन्देज लगाउने कानुनी अधिकार समेत नभएको उनीहरुको तर्क छ।