News

नक्कली शरणार्थी प्रकरणमा शुक्रवार आउँछ अदालतको आदेश

सरकारी वकिलप्रति टेकनाथको आक्रोशः चोरहरुका कारण म फसें

नक्कली शरणार्थी प्रकरणमा शुक्रवार आउँछ अदालतको आदेश

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डौं जिल्ला अदालतको आदेश आउने भएको छ। पक्राउ परेका अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने वा तारेखमा छोड्ने भन्ने विषयमा अदालतले आदेश दिनेछ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस सकिएकाले शुक्रबार विहान सरकारी वकिलहरुको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्ने बताईएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ २१ गतेदेखि जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । आरोपितहरुको भूमिका र संलग्नताका आधारमा इजलासले उनीहरुलाई फरक फरक आदेश पनि गर्न सक्ने कानुन ब्यवसायीहरु वताउँछन्।

यो आदेशपछि अदालत मुद्दाको विषयवस्तुमा प्रवेश गर्नेर्छ । थुनछेक आदेशमा जिल्ला अदालतबाट हुने आदेश चित्त नबुझे सरकारी वकिल र आरोपित पक्षले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १२ जना फरार रहेको उल्लेख गरेको छ । उनीहरु भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुनेछ।

सरकारी वकिलसँग टेकनाथको आक्रोश
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बहसका क्रममा आफूलाई अभियोगमा मुछेकोमा सरकारी वकिलहरुको आलोचना गरेका छन् ।

कानून व्यवसायीहरुले बहस गरेपछि उनले उभिएर शरणार्थीका नाममा पैसा उठाइरहेको बारेमा आफूले प्रमुख दलका शीर्ष नेतालाई बताएको तर, उनीहरुले बेवास्ता गरेको गुनासो गरे। 

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतलाई भेटेर आफुले शरणार्थीका नाममा पैसा उठाउने र ठग्ने काम भइरहेको बताएको उनले दावी गरे।

त्यसवेला देउवालेप पनि ‘पैसा उठाएको घटनाबारे आफूलाई पनि सूचना आएको’ बताएको रिजालले इजलासलाई जानकारी गराए। आक्रोशमा आएका उनले ‘केही चोरहरुका कारण म फँसे ।’ भन्दै सुनाए।

भुटानी शरणार्थी

विशेष