वैरागीलाई राजदूत बनाएर वैकुण्ठलाई मुख्यसचिव बनाउने सरकारको तयारी

सरकारले वैकुण्ठ अर्याललाई मुख्य सचिव वनाउने तयारी गरेको छ।
आज वस्नेत मन्त्रिपरिषद वैठकबाट अर्याललाई मुख्यसचिव वनाउने तयारी रहेको एक मन्त्रीले जानकारी दिए ।
महत्वपूर्ण केही निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज साढे ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वस्दैछ।
आजको बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने स्रोतले जनाएको छ। स्रोतका अनुसार वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी सरकारले गरेको छ।
वैरागीले अमेरिकाका लागि राजदूत बन्ने चाहना देखाएका छन्। उक्त तयारीमा कुनै फेरबदल नआए अर्याल मुख्यसचिव बन्ने र वैरागी राजदूत बन्ने निश्चित रहेको स्रोतको दावी छ।