News

इच्छा नै नभएका कार्कीलाई १९ दिनका लागि मात्रै किन बनाईदैछ प्रधानन्याधीश ?

इच्छा नै नभएका कार्कीलाई १९ दिनका लागि मात्रै किन बनाईदैछ प्रधानन्याधीश ?

इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश भएको र परिस्थितीबस कायम मुकामयम प्रधानन्याधिश भएको वताउने हरिकृष्ण कार्की प्रधानन्याधिश वन्ने तयारीमा छन। करिव २ दर्जनभन्दा वढि उजुरी परेपनि केही समयको लागि भएपनि प्रधानन्यायाधीश वनाएरै छोड्ने योजनामा सरकार छ।

आज बिहानको संसदीय सुनुवाइ समितिको बैठकमा स्वयम् कार्कीले आफु तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमासर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिबस कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको बताए।

‘त्यतिबेला मेरो आफ्नो इच्छा थिएन । तत्कालीन प्रधानन्यायाधीश ज्यूले आउनुस् बाहिर बसेर मात्र हुँदैन भन्नुभयो । त्यसपछि मैले त्यसलाई स्वीकार गरें’ उनले भने । अहिले परिस्थितिबस र सौभाग्यबस आफू आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए ।

०७२ साल फागुन १८ गते न्यायाधीशमा सिफारिस भएको र २०७३ साउन १७ गतेमात्र न्यायाधीश बनेको कार्कीले जानकारी गराए । २०४० सालमा कानुन व्यवसायमा प्रवेश गरेदेखि हालसम्म पनि इमान, निष्ठा र व्यवसायीक धर्मलाई पूर्णरुपमा पालना गरेको उनको दाबी छ ।

गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।

असार १९ गते भित्र प्रधानन्यायाधीशमा नियुक्त नभए कार्की कामुमै अवकास हुने छन्। कार्की उमेर हदका कारण साउन १९ गते अनिवार्य अवकासमा जानेछन्।

न्याय परिषद् सचिवालयले पत्र पठाएर साउन १९ गते ६५ वर्ष पूरा भई उमेरहदका कारण अनिवार्य अवकाश हुने व्यहोराको जानकारी कार्कीलाई गराई सकेको छ। प्रधानन्यायाधीशले अवकाश हुनु एक महिना अघि नै बिदामा बस्ने प्रचलन छ। 

यस्तो अवस्थामा असार १९ गतेभित्र प्रधानन्ययाधीश नबनेमा उनी कामु बाटै घर जानु पर्ने छ। प्रधानन्याधिश नियुक्त भएपनि उनी २० दिनभन्दा वढि कार्यस्थलमा रहने छैनन्।

यो पनि,

हरिकृष्ण कार्की प्रधानन्यायाधीश

विशेष