श्रीमानको कुटपिटबाट वडा सदस्यकै मृत्यु
काभ्रेमा श्रीमानको कुटपिटबाट वडा सदस्यकै मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको हो ।
उनलाई घरायझी झगडा हुँदा जेठ २९ गते श्रीमान् शम्भु बिकले कुटेका थिए। गम्भीर घाइते भएकी ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
प्रहरीका अनुसार धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रिया गरिएको थियो। ज्ञानीका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् ।