शरणार्थी प्रकरणमा सलंग्नलाई कारबाही गर्न माग गर्दा पक्राउ परे अधिकारकर्मी
सरकारले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्ने अधिकारकर्मीलाई पक्राउ गरेको छ। विहिवार नयाँ बानेश्व स्थित संसद भवन अगाडिबाट अधिकारकर्मीहरु पक्राउ परेका छन्।
मानव अधिकार तथा शान्ति समाजले विहिवार संसद् भवन अगाडि प्रदर्शन गरेको थियो। शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई कारबाहीको माग गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको हो।
निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्वसभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।