News यौन-शिक्षा अपराध सुरक्षा

घरमा छिर्नै पाएनन् हवल्दारलाई ‘गुड फ्राईडे’का लागि प्रश्ताव गर्ने एसएसपी

पटके यौनदुराचारीः सोलुखुम्वुमा पनि दुईटा उजुरी परेपछि सरुवा

घरमा छिर्नै पाएनन् हवल्दारलाई ‘गुड फ्राईडे’का लागि प्रश्ताव गर्ने एसएसपी

महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेका बेला बिदा स्वीकृत भएकी महिला सहायक हवलदारलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन्। त्यो घट्नापछि उनी परिवारबाट पनि तिरस्कृत भएका छन्। 

महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेका बेला बिदा स्वीकृत भएकी महिला सहायक हवलदारलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन्। त्यो घट्नापछि उनी परिवारबाट पनि तिरस्कृत भएका छन्। 

जेठ १९ गते सहायक हवल्दारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनलाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो। बिदामा घर जान लागेकी सहायक हवल्दारलाई उनले सेटबाट आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं’ भन्दै प्रश्ताव गरेको आरोप छ।

यो जानकारी पाएपछि उनलाई परिवारले घरमा समेत प्रवेश गर्न नदिएको उनीनिकट स्रोतले जनाएको छ। पालमाथि दुर्व्यवहारको आरोप लागेको यो पहिलो घट्ना नभएको प्रहरी स्रोत वताउँछ। पछिल्लो घट्ना अनुशन्धान गर्दा उनी पटके यौन दुराचारी भएको खुलेको छ।

घट्ना छानविनका लागि गठित समितिले उनी कार्यरत कार्यालयका अन्य महिला प्रहरी कर्मचारीसँग समेत सोधपुछ गरेको थियो। उनीहरूले पाल रहेको कोठामा एक्लै भेट्न जान पनि डर लाग्ने गरेको समिति समक्ष वयान दिएको स्रोतले जनाएको छ। उनले महिला प्रहरी कर्मचारीलाई निजी निवासमा बोलाउने, नजिकै बस भन्ने, घुम्न जाऊँ भनेर फकाउने लगायतका दुर्व्यवहार गर्ने गरेको प्रतिवेदनमा समेत उल्लेख गरिएको छ।

पालमाथि यस अगाडि ०७१ सालमा सोलुखुम्बु जिल्लाको प्रहरी प्रमुख भएको बेलामा पनि यौन दुर्व्यवहारको आरोप लागेको थियो। महिला प्रहरी र गैर प्रहरीमाथिको यौन दुर्व्यवहारको घटनाको उजुरीका आधारमा उनी त्यहाँबाट सरुवा भएका थिए। बौद्ध वृत्त प्रमुखहुँदा पनि उनी कारबाहीमा परेका थिए। 

पछिल्लो घट्नाको प्रारम्भिक अनुसन्धानमा महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको देखिएपछि उनी निलम्बित भएका छन्। प्रहरी नियमावली अनुसार निलम्बित भएको ६ महिना भित्र घटनाको किनारा लागिसक्नु पर्ने प्रावधान छ।

यो पनि,

एसएसपी योगबहादुर पाल निलम्बन

विशेष