News अर्थ बैंकिङ

एनआईसी एशिया बैंकको वेबसाइट आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा

एनआईसी एशिया बैंकको वेबसाइट आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा

एनआईसी एशिया बैंकले आफनो वेबसाईटलाई परिस्कृत गरेको छ। डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उदेश्वले वेबसाइटलाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरिएको हो।

बैंकले आफ्ना सेवा तथा सुविधाहरु थप ग्राहकमैत्री बनाउँदै लैजाने उद्देश्य अनुरुप हाल सञ्चालनमा रहेको वेबसाइटलाई परिष्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको जनाएको छ । 

ग्राहकहरुले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज द्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता हो। साथै, ग्राहकहरुले खोजेअनुसारको प्रोडक्ट र विवरणहरु उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टमर जर्नी म्यापिङ’ सिस्टमबाट सहजै सर्च हिस्ट्री थाहा पाउन सक्नेछन् । 

मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरुमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ । 

वेबसाइटमार्फत अनलाइन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरुको स्थान पत्ता लगाउन सकिने लगायत बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन् । 

बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको ओम्नीच्यानल प्रणालीमा उपलब्ध सेवाहरु जस्तै नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदन लगायत दर्जनौ सेवाहरु वेबसाइटमार्फत उपभोग गर्न सकिनेछ । 

बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकहरुलाई बैंकको बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैंकले लिएको छ । 

एनआईसी एशिया बैंक

विशेष