News

आखिर किन बढदै छ त्रिभुवन विश्वविद्यालयमा प्राज्ञहरु माथी भौतीक आक्रमण ?

आखिर किन बढदै छ त्रिभुवन विश्वविद्यालयमा प्राज्ञहरु माथी भौतीक आक्रमण ?

गत जेष्ठ २५ गते विहिवार आफुलाई पुर्ववन अधिकृत बताउने बाराको वडकी फुलवरीयाका बाबुराम प्रसाद यादवले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाठक्रम विकाश केन्द्रमा तान्डव देखाए। उनले केन्द्रका पदाधिकारीलाई गाली गलौज गरेपछि प्रहरी चौकी सम्मको यात्रा गर्नु पर्यो।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका यादव फिनल्याण्डबाट पास गरेको मास्टरको डिग्री ईक्युभ्यालेन्ट गराउन त्रिभुवन विश्वविद्यालयको पाठयक्रम विकास केन्द्र पुगेका थिए।

कर्मचारीहरुले ‘तपाईको प्रोसेस पुगेको छैन, अरु नै दिन आउनु’ भनेपछि उनले आफु जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य भएको वताउँदै कर्मचारीलाई झपारे। हप्कीदप्कीले पनि काम नगरेपछि यादव निर्देशकको कोठामै पुगेर गाली गलौज गर्न थाले। त्यसपछि भने केन्द्रले प्रहरी वोलाएर उनलाई जिम्मा लगायो।

किर्तीपुर प्रहरीले नेता भएकै कारण यादवसँग मेलमिलाप गरायो। यो अवस्थाले ‘केही कमी कमजोरी त त्रिभुवन विश्व विधालयको नीतिमा पनि छकी ?’ भन्ने देखाएको छ। जस्ले गर्दा दिनहु जसो यस्ता अप्रिय घट्ना घटिरहेका छन्।

तर, यी विषय नत खोजीको विषय वन्छन्, नत समाधानका उपाय नै खोजिन्छन।
 

विशेष