बालेन्द्रको धम्की किन टेर्थे हलवाला, विहानै देखि उपत्यकाका हलमा ‘आदिपुरुष’

काठमाण्डौंका मेयर बालेन्द्र साहको धम्कीलाई अटेर गरी शुक्रवार विहानैबाट उपत्यकाका विभिन्न हलमा हिन्दी फिल्म आदिपुरुष रिलिज भएको छ।
काठमाण्डौं, भक्तपुर र ललितपुरका हलहरुमा उक्त फिल्म चलिरहेको छ। हलहरुले अनलाईनबाट टिकट वुकिङ खुल्ला गरेका छन्।
मेयर साहले विहिवार सामाजिक संजालमा लेखेर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतमा जन्मिएकी हुन’ भन्ने आशयको संवाद नसच्याए कुनै पनि हिन्दी फिल्म काठमाण्डौंमा चल्न नदिने चेतावनी दिएका छन् ।
यदि, ३ दिन भित्रमा यो संवाद भारतमा समेत सच्चिनु पर्ने उनको भनाई छ।