लिचीको दाना घाटीमा अड्किएर ३ वर्षिय बालकको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारमा लिचीको दाना अड्किएर ३ वर्षिय बालकको मृत्यु भएको छ ।
स्थानीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
लिचीको दाना अड्किएपछि उनलाई राति सिन्धुली अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।