News राजनीति

चार पार्टी मिलाएर समाजवादी मोर्चा घोषणा हुँदै, उपेन्द्रका कारण बाबुराम रिङ आउट

चार पार्टी मिलाएर समाजवादी मोर्चा घोषणा हुँदै, उपेन्द्रका कारण बाबुराम रिङ आउट

सरकारमा रहेका तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर आज समाजवादी मोर्चाको घोषणा हुँदैछ ।

मोर्चाका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भने बाहिरै रहने निश्चित जस्तै छ । जसपा अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराई मोर्चामा सहभागी भए आफु नरहने अडान राखेपछि नेसपाको मोर्चामा सहभागिता अनिश्चित भएको हो।

चार पार्टी मिलेर बन्ने समाजवादी मोर्चा तेस्रो निर्णायक शक्ति बन्नेछ । मोर्चामा सामेल हुने माओवादी केन्द्रसँग ३२, जसपासँग १२ र नेकपा एसको १० सिट छ ।  पुष्पकमल दाहालले समाजवादी मोर्चामा नेसपा अध्यक्ष भट्टराई र एमाले छाडेर नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतम पनि सामेल हुने बताएका थिए ।

तर, तत्काल घोषणा हुने मोर्चामा बाबुरामको नेसपा र वामदेवको अभियान सहभागी हुने टुंगो लागेको छैन । 
 

समाजवादी मोर्चा

विशेष