News

सीके राउतको आरोपः यो सरकारले देशकै वजेट लुट्यो

सीके राउतको आरोपः यो सरकारले देशकै वजेट लुट्यो

जनमत पार्टीका अध्यक्ष एवम् सांसद चन्द्रकान्त (सीके) राउतले देशको वजेट सरकारले लुटेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै राउतले सरकारमाथि लुटको आरोप लगाएका हुन।

उनले बजेट ल्याएको हो कि लुटेको हो भनेर छुट्याउन नसकिएको बताउँदै महिनौंसम्म छलफल चले पनि त्यसबाट एक अक्षर फेरबदल नहुने अभ्यासले झन् अप्ठ्यारो महसुस भएको बताए।

‘यो बजेट ल्याएको हो कि बजेट लुटेको हो ? यो कुरा स्पष्ट भएन । बजेट ल्याएको होइन कि बजेट त लुटिएको जस्तो देखिन्छ’ उनले भने–‘बरू बाटोमा लैजाँदाखेरि कसैले देख्ला कि भनेर चानचुन बाँडेको जस्तो लाग्छ ।’

बजेटले अहिले देश छोडेर पलायन भइरहेका युवालाई समेट्ने कुनै कार्यक्रम नसमेटेको बताए । उनले सरकारले मधेश प्रदेशलाई राजस्वभन्दा पनि कममात्रै बजेट दिइएको बताए । ‘मधेशले राजस्वमा महत्वपूर्ण योगदान गरेको छ । तर बजेटमा भने सरकारले मधेशको योगदानलाई सम्मान गरेको छैन,’ उनले भने, ‘मधेशबाट आएको राजस्वभन्दा कम बजेट मधेशलाई दिइएको छ । यस्तो किन भएको हो ? सरकारले जवाफ दिनुपर्छ ।’

विशेष