News

ललितपुरमा बीच सडकमै पल्टियो बस, २४ जनामा १८ जना गम्भिर घाईते

ललितपुरमा बीच सडकमै पल्टियो बस, २४ जनामा १८ जना गम्भिर घाईते

आज बिहान लामाटारबाट लगनखेलतर्फ जाँदै गरेको बा२ख ८५८३ नम्बरको बस ललितपुरको महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा बीच सडकमै पल्टिएको छ। 

प्रहरी प्रभाग इमाडोलका इन्सपेक्टर हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए। ६ जनाको अवस्था सामान्य रहेको घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी  अस्पताल पु¥याइएको उनले जानकारी दिए।

बसका चालक २४ वर्षीय सुजन पनि घाइते छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर डाँगीले बताए।

बस करिब १० मिटर घिस्रिएको देखिएकाले तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटना कसरी भयो भन्ने अनुसन्धानमै छ। घाइतेहरूको परिचय खुलिसकेको छैन।
 

विशेष