News अपराध सुरक्षा

इजलासमा टेकनारायण रोएर हैरान, गाँजा खाएजस्तो आँखा लिएर गए कारागार

न्यायाधीशको छोट्करी आदेशले खाणको आँखाबाट झरे आँसु

इजलासमा टेकनारायण रोएर हैरान, गाँजा खाएजस्तो आँखा लिएर गए कारागार

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा चासो राख्ने जो–कोहीको ध्यान शुक्रवार काठमाण्डौं जिल्ला अदालतको २५ नम्बर कक्षमा थियो। 

तेस्रो तलामा रहेको १० नम्वर कक्षलाई २५ नम्वर लेखेको कागज टाँसेर १३ दिनदेखि सुनुवाइ भइरहेको उक्त कक्षमा १८ जना अभियुक्तहरु कारगार जाने वा धरौटीमा छुट्ने आदेशको प्रतिक्षामा थिए। 

अन्ततः सरकारी वकिलहरुको बहस सुनेर चेम्वरमा छिरेका न्यायाधीश प्रेमप्रसाद न्यौपाने इजलासमा आए र, संक्षिप्त आदेश सुनाए। ‘लक्ष्मी महर्जनको हकमा ५ लाख, टंककुमार गुरुङको हकमा १० लाख धरौटी माग्ने आदेश भएको छ, बाँकीको हकमा पुर्पक्ष। उच्चमा जाने बाटो छँदैछ’ भन्दै उनी चेम्बरमै छिरे।

त्यसपछि दुई जना भीआईपी अभियुक्त इजलासमै रोए। निलम्वित सचिव टेकनारायण पाण्डेले बरर आँसु झारे भने पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आँखामा पनि आँसु अटाएन। उनले पनि आँसु चुहाए। 

सचिव पाण्डे आदेश सुनेर अदालतभित्रै रोएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका थिएका छन् । अदालतभित्र निकैबेर रोएका कारण कारागार जान निस्किएका बेला पाण्डेका दुइटै आँखा राताराता थिए । उनले आँसु पछ्न कागजको सहरा लिए।

कारागार लाने क्रममा सबैभन्दा पछि निस्किएका खाणले ‘घटनामा मेरो संलग्नता छैन, म निर्दोष छु’ भन्दै प्रतिक्रिया दिए। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने मलिन थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भनी प्रहरीले मुद्दा चलाएका दुईजना बाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।

अदालतको आदेशपछि दुई पूर्वमन्त्रीसहित १६ अभियुक्तमध्ये ८ जनालाई भद्रबन्दी गृह र अन्यलाई केन्द्रीय कारागार भवनमा राखिएको छ । पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, समशेर मियाँ, सन्दीप रायमाझी र आङटावा शेर्पालाई भन्द्रबन्दी गृहमा राखिएको छ ।

त्यस्तै नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको भवनमा राखिएको जनाईएको छ।

यो प्रकरणका अन्य १२ अभियुक्त फरार छन् । 

भुटानी शरणार्थी

विशेष