News अपराध सुरक्षा

आफनै वयान ‘आत्मघाती’ : सेताम्मे दारी नै नदेखिने गरी रिजालको अनुहारमा दाग

आजीवन संघर्षको धरोहर क्षणभरमै गल्र्यामगुर्लुम, ठगको परिचय सहित जेलमा 

आफनै वयान ‘आत्मघाती’ : सेताम्मे दारी नै नदेखिने गरी रिजालको अनुहारमा दाग

नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई जेल पठाउने काठमाण्डौं जिल्ला अदालतको आदेशपछि जीवनभर संघर्ष गरेर टेकनाथ रिजालले खडा गरेको ‘भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा मानवअधिकारवादी’ को परिचयमा कालो पोतिएको छ।

भुटानी जनताको अधिकार रक्षाका लागि गरेको आन्दोलनकै कारण उनले कयौं यातना पाए। सोही यातनाका कारण अदालतमा उनलाई पागल प्रमाणित गर्ने प्रयास समेत गरियो। भीआईपी अभियुक्तलाई राम्रो देखाउन र वचाउन वकिलहरुले उनको दिमागी हालत ठिक नभएको र उनको कुरा पत्याउन नसकिने भन्दै वहस गरे।

रिजालले यो प्रकरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र टोपबहादुर रायमाझीको नाम लिएपछि अधिवक्ता रमेश वडालले उनको स्वास्थ्य अवस्थाका विषयमा प्रश्न उठाए। रिजालले आफूले लेखेको किताबमै ‘भुटानको जेलमा बस्दा मेरो माइन्ड कन्ट्रोल गरिएको भनेको’ भन्दै वडालले उनको वर्षौको तपस्या भङ्ग गर्ने प्रयास गरे।

भुटानमा दिइएको यातनाको असर अहिले पनि उनको दिमागमा देखिएको भन्दै बडालले घुमाउरो पारामा रिजाललाई पागलको उपनाम दिए। नभन्दै शुक्रवारको न्यायाधिश प्रेम प्रसाद आचार्यको एक वाक्यको मौखिक आदेशले रिजालको त्यो त्याग र वलिदान खरानी भयो। सानो गल्तिका कारण उनको अनुहारभरीका सेता दारी नै छोपीने गरी दाग लाग्यो। ७८ वर्षे रिजाल ठगको नयाँ परिचय वनाएर जेल गए। 

रिजाललाई थुनामा राख्न न्यायाधीशले चार वटा आधारलाई तत्काल प्राप्त प्रमाण मानेका छन्। झापास्थित आफ्नो घरमा रङ लगाउने ठेक्का लिएका रामशरण केसीसँग रिजालले ‘अब नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने काम हुन्छ’ भनेको तथ्यलाई न्यायाधीशले उनी विरुद्धको प्रमाणको रूपमा व्याख्या गरेका छन्।

रामशरण केसीको बयान समेतलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रमाण मानेर थुनामा पठाउने आदेश गरेका हुन् । उनको आफ्नै बयान ‘आत्मघाती’ भएको छ। रामशरण केसीको बयानलाई रिजालले स्वीकार गरेको न्यायाधीशले आदेशमा उल्लेख गरेका छन्।

अनुसन्धान अधिकृत र सरकारी वकिलसँग गरेको बयानमा केसीले रिजाललाई ११ लाख नगद दिएको बयान दिएका थिए।

यो पनि,

भुटानी शरणार्थी टेकनाथ रिजाल

विशेष