News

चीनको सुरक्षा रणनीति सम्वन्धि कार्यक्रममा सहभागि हुन नेपाललाई दबाव

चीनको सुरक्षा रणनीति सम्वन्धि कार्यक्रममा सहभागि हुन नेपाललाई दबाव

सुरक्षा रणनीतिसँग जोडिएको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सहभागिताका लागि चीनले नेपाललाई लगातार दवाव दिईरहेको छ। चीनले हालसम्म तीन पटक यस विषयमा नेपाललाई ताकेता गरिसकेको छ।

नेपालले भने यो विषयमा आधिकारिक धारणा चीनलाई दिएको छैन। तर, नेपाल जीएसआईमा सहभागि नहुने तयारीमा छ। यो विषय सुरक्षा रणनीतिसँग जोडिएकाले नेपाल नवोलेरै चीनको दबावबाट मुक्त हुने प्रयास गरिरहेको स्रोत वताउँछ।

जीएसआईमा सुरक्षासम्बन्धी कार्यक्रम रहेको र नेपालको परराष्ट्र नीति असंलग्न रहने तथा कसैको पनि सुरक्षा गठबन्धनमा नलाग्ने निचोडका कारण नेपालले उक्त कार्यक्रममा सहभागिता नजनाउने भएको हो। 

यसैगरी, चीनले ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) मा सहभागीका लागि पनि नेपाललाई ताकेता गरेको छ । नेपाल भने जीसीआई नयाँ भएकाले अध्ययन गरेर मात्रै सहभागि हुन वा नहुने निस्कर्षमा पुग्ने वताउँदै आएको छ।

जेठ २९ मा चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग चीनले आफूले अघि सारेको जीएसआई र जीसीआईमा सहभागी हुन नेपाललाई आग्रह गरेको थियो ।

नेपालको परराष्ट्र मन्त्रालयको कमजोरी र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनाका कारण चीनले नेपाललाई यसअघि नै जीएसआईसम्बन्धी एक कार्यक्रममा सहभागी गराइसकेको थियो ।

नेपाल सहभागी नहुनुपर्ने २०७९ असोज ५ को एक अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी कार्यक्रममा तत्कालीन राष्ट्रपति भण्डारीले सहभागिता जनाएकी थिइन । भण्डारीले जीएसआईसम्बन्धी भर्चुअल सम्मेलनमा सहभागिता जनाएकी थिइन ।

जीएसआईसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रपति भण्डारीले सहभागिता जनाएसँगै मुलुककै असंलग्न परराष्ट्र नीतिमाथि प्रश्न उठ्यो र बहस हुन थाल्यो । उक्त घटनापछि नेपालमा जीएसआईका बारेमा चर्चा हुन थालेको हो ।

यद्यपी चीनको विकाससम्बन्धी कार्यक्रम ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) मा भने नेपालले सहभागि छ। 

चीन जीएसआई सुरक्षा रणनीति

विशेष