News

समाजवादी मोर्चाप्रति ओलीको कटाक्षः लिभिङ टुगेदर चलेकै छ त,  किन चाहियो मोर्चा?

समाजवादी मोर्चाप्रति ओलीको कटाक्षः लिभिङ टुगेदर चलेकै छ त,  किन चाहियो मोर्चा?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलहरुले बनाउन लागेको ‘समाजवादी मोर्चा’प्रति काटाक्ष गरेका छन्। उनले ‘लिभिङटुगेदर चलेकै छ त, किन चाहियो समाजवादी मोर्चा ?’ भन्दै कटाक्ष गरेका हुन।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सँगसँगै रहेका दलहरुले समाजवादी मोर्चा बनाइरहनुको अर्थ नहुने बताए। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीसहितका दल सम्मिलित मोर्चा बनाउने तयारी भईरहेका वेला उनले यस्को औचित्य नै नभएको वताए।

‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हो, सँगै हिँडिरहेका छन् । मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ । के मोर्चा के नमोर्चा ?’–ओलीले प्रश्न गरे ।

यस्ता मोर्चाको आस वास्ता गरिरहनुनपर्ने भन्दै २०८४ सालको आम चुनावबाट एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गरे । चारैतिर फर्केका र गलत उदेश्य वोकेका त्यस्ता तत्व एक ठाउँमा हुँदैमा राष्ट्रिय शक्ति नवन्ने उनले दावी गरे।

‘यो चारतिर फर्केका, चारतिरका गलत–गलत, फरक–फरक उद्देश्य बोकेका त्यस्ता तत्व एक ठाउँमा जम्मा भएर शराष्ट्रिय शक्ति बन्दैन’ उनले भने, ‘एमालेलाई सरकारबाट बाहिर राख्न एक छिनलाई हुन सक्छ । ०८४ सम्मलाई हुन सक्छ । हामीले मिसन ८४ को तयारी गर्नुपर्छ । राष्ट्रिय शक्ति निर्माण गर्नुछ । जसलाई कसैले पराजित गर्न नसकोस् ।’

अहिले एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्र मोर्चा घोषणाको कुरा गरिएको ओलीले टिप्पणी गरे। 

विशेष