News

बजेटले नेकपा एसमा खटपटी आउने संकेत, पाण्डेले दिए नेपाललाई चेतावनी

बजेटले नेकपा एसमा खटपटी आउने संकेत, पाण्डेले दिए नेपाललाई चेतावनी

बजेटका कारण नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेकै बीचमा खटपटी सुरु भएको छ। पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्।

उनले अध्यक्ष नेपाललाई पनि यस वारेमा जानकारी गराई सकेको वताउँदै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने उनले बताए । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने प्रष्ट्याए ।

‘यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु’ पाण्डेले भने–‘भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौं भनेको छु।’ पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गरे । 
 

विशेष