News

सीमा समस्या समाधान गरेर नेपालसँगको सम्बन्धलाई थप उचाई दिने मोदीको वचन

सीमा समस्या समाधान गरेर नेपालसँगको सम्बन्धलाई थप उचाई दिने मोदीको वचन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा समस्य समाधान गर्ने वताउँदै दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने बताएका छन्।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो वताएका हुन। उनले भने–‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं ।’

मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताए। प्रधानमन्त्री प्रचण्ड र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको उनको भनाई थियो। ‘आज मैले र प्रधानमन्त्री प्रचण्डले भविश्यमा आफ्नो समझदारी सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं’– उनले भने।

नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको, जसले नेपालका जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको उनले बताए । मोदीले भने, ‘१० वर्षमा हामीले नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेका छौं ।’

प्रधानमन्त्री दाहाल र समकक्षी मोदीको भेटबार्ताका क्रममा सात सम्झौतामा हस्ताक्षर भएको छ । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।

दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् । 

विशेष