News

पूर्वीनेपालः यी हुन वाढी र पहिरामा परी वेपत्ता भएका २६ जना (नामावली)

पूर्वीनेपालः यी हुन वाढी र पहिरामा परी वेपत्ता भएका २६ जना (नामावली)

पूर्वीनेपालमा वाढी र पहिरोमा परेर १ जनाको मृत्यु भएको छ भने २६ जना वेपत्ता भएका छन्। वेपत्ता हुनेमा १६ जना चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरका मजदुरहरू हुन।

प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन् । 

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका ६ की ६३ वर्षिया भगीमाया बुढा क्षेत्री, उनकी वुहारी, सन्ध्या बुढा क्षेत्री, नाति प्रज्वल बुढा क्षेत्री र स्थानी गणेश तामाङ वेपत्ता भएका छन्।

यसैगरी, पाँचथरको हिलिहाङ गाउँपालिका ७ माझिटारका २८ वर्षका आशिष माझी, वर्ष २५ कि एलिसा माझी र ४५ को तिल कुमार तामाङ फिदिम नगरपालिका ११ का २८ को संजोग लिम्बु र फिदिम नगरपालिका ५ का ५५ वर्षिय राज कुमार पनि वेपत्ता भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी संखुवासभा सुपरहेवा खोला हाईड्रोमा काम गर्ने मजदूर १६ जना वेपत्ता भएका छन्। २० मध्ये ४ जना सम्पर्कमा आएका छन् ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ । खोला किनार क्षेत्रमा–४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
 

विशेष