News

कैलालीका सिडिओ सवार गाडी दुर्घटना, अगाडिको भाग कच्याककुचुक

कैलालीका सिडिओ सवार गाडी दुर्घटना, अगाडिको भाग कच्याककुचुक

कैलालीका सिडिओ युवराज कट्टेल गाडी दुर्घटनामा परेका छन्। आइतबार बिहान बर्दियाको बबई क्षेत्रमा उनी सवार गाडी दुर्घटना भएको हो।

प्रहरीका अनुसार सिडिओ सवार से १ झ २६० नम्बरको सरकारी गाडी मिनी बससँग ठोक्किएको हो। अन्तर जिल्ला कमिटिको बैठकमा सहभागी भइ नेपालगञ्जबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेको जनाईएको छ।

दुर्घटनामा आफू सवार गाडीको अगाडिको भागमा क्षति भए पनि आफू सकुशल रहेको कट्टेलले जानकारी दिए । गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको उनको भनाई छ। 
 

विशेष