News

पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन प्रचण्ड र मोदीबीच समझदारी

पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन प्रचण्ड र मोदीबीच समझदारी

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन सम्झौता भएको छ।

दुई प्रधानमन्त्रीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले समझदारीमा हस्ताक्षर गरेका छन्। समझदारी अनुसार भारतको सिलिगुडी देखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ ।

यस्तै अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देश बीच समझदारी भएको छ ।

भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउने छ । यी तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपैयाँ भन्दा बढीको हुनेछ । दुई प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा भेटवार्ता भएको नेपालस्थित भारतीय दुतावासले जनाएको छ। 
 

विशेष