तीन दिनको गर्मीले एकै जिल्लामा ५४ जनाको मृत्यु
भारतको उत्तरप्रदेशस्थित बलियामा चर्को गर्मीका कारण तीन दिनमै ५४ जनाले ज्यान गुमाएका छन्। यसअवधिमा ४०० भन्दा बढी गर्मीका बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ ।
बलिया जिल्ला अस्पतालका मेडिकल अफिसर डा एसके यादवका अनुसार पछिल्ला दिनहरूमा त्यहाँ ज्वरो तथा सास फेर्न गाह्रो भई अस्पतालमा बिरामी भर्ना हुने क्रम बढेको छ । जुन १५ मा २३, जुन १६ मा २० र १७ मा ११ जनाको मृत्यु भएको थियो ।
जिल्लामा बढ्दो मृत्युलाई ध्यानमा राख्दै लखनउबाट चिकित्सकको टोली बोलाइएको छ ।