News

औषधी उपचापरमा राज्यको लुटः ७५ प्रतिशतसम्म नाफा खाएको प्रमाण संसदमा

औषधी उपचापरमा राज्यको लुटः ७५ प्रतिशतसम्म नाफा खाएको प्रमाण संसदमा

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रमा राज्य नै कालोवजारीमा संलग्न भएको आरोप लगाएकी छिन्। अस्पतालको बिललाई प्रमाणका रुपमा प्रश्तुत गर्दै उनले यस्तो आरोप लगाएकी हुन।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारी स्वास्थ्य संस्थाले नै ७५ प्रतिशत भन्दा वढि नाफा खाएर औषधि विक्रि गरेको देखाईन। ‘२० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी छ। मेरो प्रश्न छ राज्यले कति नाफा खाएसम्म मात्रै यो कालो बजारी नमानिने हो या कालोबजारी मानिने हो?,’

यसरी संस्थागत रुपमै नागरिकलाई स्वास्थ्य बीमाबाट भुक्तानी हुन्छ भन्दैमा नागरिकलाई ठग्न नमिल्ने उनले वताईन। ‘निकै लाजमर्दो विषय उठान गर्दैछु। राज्यको ठगीको नमुना छ। मसँग शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रको एउटा बिल छ। यो डायलासिस गराइरहेका बिरामीको बिल हो’ उनले भनिन्–‘यसमा इपोफिट नामक औषधिको बिक्री मूल्य १४०५ रुपैयाँ छ। यसको खाली खोल पनि मसँग छ जसमा अधिकतम खुद्रा मूल्य ५ सय भारू अर्थात नेपाली ८ सय पर्न आउँछ।’

उनले हप्ताको तीन पटकसम्म डायलासिस गराउनुपर्ने नागरिकलाई गरिबलाई राज्यले नै यसरी लुट्ने गरेको उदाहरण दिईन। ‘हाम्रो इमान धर्म कता जाँदैछ? स्वास्थ्य बीमा जस्तो महत्वपूर्ण सार्वजनिक विषयको कार्यक्रमलाई धरासायी बनाउन निजि मात्रै होइन सरकारी संस्थाको नितिगत ठगी पनि जिम्मेवार छ। यस्ता ठगीलाई तत्काल कारबाहि गरियोस्।’– उनले भनिन्।

तोसिमा कार्की

विशेष