News

योगेश भट्टराईलाई घर जान प्रतिवन्ध, जिल्ला पस्नै नपाउने

योगेश भट्टराईलाई घर जान प्रतिवन्ध, जिल्ला पस्नै नपाउने

नेकपा एमालेका सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लागेको छ। पहिचानविरोधी अभिव्यक्ति दिएको आरोपमा ताप्लेजुङस्थित विभिन्न संघ–संस्थाहरूले उनलाई घरै जान नपाउने गरी प्रवेशमा रोक लगाएका हुन।

खस क्षेत्री एकता समाज, आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईलाई गृह जिल्लामा प्रवेश निषेध गरेको घोषणा गरेका हुन्। 

विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरूलाई हिंसा गर्ने, पहिचानवादी समुदायको न्यायिक आन्दोलनलाई जबर्जस्त दबाउने क्रम जारी रहेको आरोप लगाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको ती संघसंस्थाको आरोप छ। 

ती संघ संस्थाले जारी गरेको विज्ञप्तिमा ताप्लेजुङबाट निर्वाचित भट्टराईले प्रतिनिधिसभामा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाइएको छ। 

नेपालको संविधानले मुलुकका हरेक नागरिकलाई आवतजावतमा रोक नलगाउने ब्यवस्था गरेपनि सोही आरोपमा भट्टराईलाई गृहजिल्लामा प्रवेश गर्र्नै नदिने घोषणा भएको हो।

प्रदेश १को कुनै पनि सार्वजनिक, राजनीतिक कार्यक्रममा सार्वजनिक उपस्थितिलाई राजनीतिक अवरोध गरिने र गृहजिल्ला ताप्लेजुङमै प्रवेश निषेध घोषणा गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा पहिचानवादी आन्दोलनकारी जनताहरूको आत्मसम्मान, भावनालाई सरकारसँग वार्तासँगै सहजीकरण गर्नुपर्ने ठाउँमा ठिक उल्टो बाटोमा एमाले अध्यक्ष र सचिव लागेको आरोप छ। 
 

योगेश भट्टराई

विशेष