News

भारतको गुप्तचर संस्था रअमा गोयललाई विस्थापित गर्दै आए सिंहा

भारतको गुप्तचर संस्था रअमा गोयललाई विस्थापित गर्दै आए सिंहा

भारतको बाह्य गुप्तचर अनुसन्धान र विश्लेषण शाखा (रअ) को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । सिन्हालाई मन्त्रिपरिषदको नियुक्ति समितिले सोमबार नियुक्त गरेको हो ।

दुई वर्षका लागि नियुक्त भएका सिन्हा छत्तीसगढ क्याडरका वरिष्ठ आईपीएस अधिकारी हुन। सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकृत सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत थिए ।

सिन्हा अटलबिहारी वाजपेयी सरकारको समयमा पुलिसको एसएसपीबाट रअमा आएका थिए । अहिले डीजीपी लेवलमा रहेका उनी जम्मु कश्मीर तथा उत्तर पूर्वी राज्यहरूमा चलाइएका कतिपय अपरेसनको नेतृत्वकर्ता हुन।

पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव भएका सिन्हा सामन्त गोयलपछि दोस्रो वरीयताका अधिकारी हुन्। वर्तमान ‘रअ’ प्रमुख सामन्त गोयल जुन ३० मा अवकाशमा गएपछि सिंहाले उनको ठाउ लिनेछन्। 

रअ सामन्त गोयल रवि सिन्हा

विशेष