News राजनीति

विप्लवको छलाङः समाजवादी मोर्चा मार्फत संसदीय राजनीतिमा डुबुल्की

विप्लवको छलाङः समाजवादी मोर्चा मार्फत संसदीय राजनीतिमा डुबुल्की

सरकारको नेतृत्व गरिरहेका तीन दल र संसदीय राजनीतिलाई फोहोरी खेल भन्दै उग्रक्रान्तिकारी वन्न माओवादी फुटाएर नयाँ पार्टी खोलेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा गठन भएको छ।

राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका छन्। मोर्चामा सत्ता गठवन्धनमा सहभागी माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टी छन्।

घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठनको तयारी छ ।

प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन । 

यो पनि,

समाजवादी मोर्चा

विशेष