News

भारतमा प्रचण्डलाई अनौठो स्वागतः विमानस्थलमा राज्यमन्त्री, सडकमा नर्तकी

भारतमा प्रचण्डलाई अनौठो स्वागतः विमानस्थलमा राज्यमन्त्री, सडकमा नर्तकी

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले विहिवार समकक्षी नरेन्द्र मोदीसँग हैदरबाट हाउसमा भेटवार्ता गरेका छन् । भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डसँगको पार्टनरसिप सुपरहिट हुने वताए ।

सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएपछि त्यसयता नेपाल–भारतको द्विपक्षीय सम्बन्धमा धेरै सुधार भएको बताएका उनले विगत ९ वर्षमा नेपालसँगको सम्वन्ध हिट भएको र भविष्यमा सुपरहिट बनाउने दावी गरे।

तर, ब्यवहारमा भने प्रचण्डसँग मोदीको सम्वन्ध टिठ लाग्दो देखिएको छ। बुधवार नयाँ दिल्ली स्थित इन्दिरा गान्धी विमानस्थलमा स्वागत गर्न विदेश राज्यमन्त्री मिनाक्षी लेखीलाई पठाएर मोदीले दाहाललाई पहिलो झट्का दिए ।

विदेशी प्रधानमन्त्री वा स्वयम् मोदी नेपाल भ्रमणमा आउँदा नेपालका प्रधानमन्त्री नै विमानस्थलमा लावालस्करसहित पुगेको देखेका नेपाली नागरिकका लागि यो घट्ना चित्तमै लाग्ने खालको थियो। यो देखेपछि भारतले राज्यमन्त्रीलाई विमानस्थल पठाएर नेपालको औकात देखाई दिएको कतिपयले विश्लेषण गरेका छन्।

यतिमात्रै होईन, दाहालको भ्रमणमा भारतले यस पटक विगतमा कहिलै नगरेको अर्को प्रयोग पनि गरेको छ। प्रधानमन्त्री दाहाल विमानस्थलबाट बाहिरिएपछि उनको स्वागतका लागि खुल्ला सडकमै कार्पेट ओछ्याइएको थियो ।

राज्यमन्त्री लेखीले प्रधानमन्त्री दाहाललाई त्यही कार्पेटमा लगेर उभ्याइन। अनि, वरिपरी नर्तकीहरु उफार्ने काम गरियो। नर्तकीहरु आफ्नो वरिपरि नाच्न थालेपछि दाहालले असहज मससुस गरेका थिए। उनी नर्तकीहरुलाई नमस्ते गर्दै बाटो लागे ।

यी सवै घट्नाक्रम देखेपछि नेपालका प्रधानमन्त्रीलाई भारतले अपमान गरेको धेरैले अनुमान लगाएका छन्। उसो त दाहाललाई भारतले भ्रमणको निम्तो दिन समेत कन्जुस्याई गरेको थियो। तर, पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने अडानमा रहेका दाहाल चीनको निम्तो अस्विकार गर्दै भारतको निम्तो कुरेर वसेका थिए। 

नर्तकी

विशेष