News

बालेन्द्रमाथि आरोपः ‘खाँटी दरबारिया राष्ट्रवादी’ साबित गर्न हिन्दी सिनेमा बन्दको नाटक

बालेन्द्रमाथि आरोपः ‘खाँटी दरबारिया राष्ट्रवादी’ साबित गर्न हिन्दी सिनेमा बन्दको नाटक

मधेश प्रदेशका पूर्वमन्त्री सुरेश मण्डलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफुलाई ‘खाँटी दरबारिया राष्ट्रवादी’ साबित गर्न हिन्दी सिनेमा बन्दको नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्।

उनले भारतीय फिल्म ‘आदिपुरुष’ माथिको विवादलाई लिएर सीता नेपालकी चेली नै नभएको पनि दावी गरेका छन्। उनले फेसबुकमा लेखेका छन– ‘सीता नेपाली चेली थिएन । त्रेता युगमा वर्तमान नेपालको अस्तित्व पनि थिएन । उनी मिथिलाका राजा जनककी छोरी थिइन् । प्राचीन मिथिला हाल नेपाल र भारत दुबैमा पर्दछ ।’

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मण्डलले रामायण ग्रन्थका अनुसार सीताको जन्म सितामढी (त्रेतायुगीन मिथिला र हाल भारतको बिहार राज्य) तथा पालन पोषण मात्रै (त्रेताकालीन मिथिलाको राजधानी जनकपुरधाम र हाल नेपालको मधेश प्रदेश) मा भएको दाबी गरेका छन् ।

उनले मेयर बालेन्द्र साहले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएकोमा आक्रोश ब्यक्त गरेका छन्। ‘काठमाडौंका मेयर बालेन शाहले आफूलाई मधेशी नलिइदिन र खाँटी दरबारिया राष्ट्रवादी साबित गर्न हिन्दी सिनेमा बन्दको नाटक मञ्चन गरिरहेको छ ।’

सुरेश मण्डल बालेन्द्र साह

विशेष