ताप्लेजुङमा पहिरोमा परेर बाबु–छोराको मृत्यु

ताप्लेजुङमा पहिरोमा पुरिएर सोमबार विहान बाबु–छोराको मृत्यु भएको छ। सिदिङ्वा ६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेशकुमारको मृत्यु भएको हो।
पहिरोमा पुरिएर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ। पहिरोमा परेर थप एकजना गम्भीर घाइते भएका छन्।
सोही पहिरोमा परेका राजकुमार राई भने शख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी राजन लिम्बुले बताए।