ओलीको जुत्ता र ज्याकेट प्रति रेशम चौधरी नतमस्तक

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलमा छँदा जाडोका लागि ज्याकेट र जुत्ता पठाई दिएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।
सोमबार बिहान ओली निवास बालकोट पुगेका चौधरीले जाडोको बेला पठाइदिएको गिफ्टप्रति नतमस्तक भएर धन्यवाद दिए। उनीहरूबीच समसामयिक राजनीतिका विषयमा पनि कुराकानी भएको थियो ।
यसअघि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए ।