News

बालेन्द्रलाई चिरिबाबुको काउण्टरः सबै हिन्दी फिल्म रोक्नु गलत

बालेन्द्रलाई चिरिबाबुको काउण्टरः सबै हिन्दी फिल्म रोक्नु गलत

भारतीय फिल्म आदिपुरुषका विषयमा ललितपुरका मेयर चिरिबाबु महर्जनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई काउण्टर दिएका छन्।

चिरिबाबुले आफ्नो महानगरमा हिन्दी फिल्ममाथि प्रतिबन्ध नलगाइने बताए। काठमाडौंका मेयरले जे गरे, सबैले त्यसलाई नै पछ्याउनुपर्छ भन्ने आवश्यकता नरहेको बताएका उनले आदिपुरुषले त्रुटि ग¥यो भन्दैमा सबै हिन्दी फिल्म रोक्नु गलत भएको बताए।

काठमाण्डौं महानगरपालिकाले भने आजदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ । निर्माण कम्पनी सुपर क्यासेट्सकी राधिका दासले फिल्मको संवादले नेपाली संवेदनामा पुगेको चोटप्रति माफी माग्दै संवादले सीताको जन्मस्थलबारे प्रतिनिधित्व नगर्ने दाबी गरेकी छिन्।

पत्रमा ‘जानकी भारतकी छोरी’ भन्ने संवाद सीताको जन्मस्थलबारे नभई आम महिला विशेषसँग जोडेर लेखिएको प्रष्टीकरण दिइएको छ।

‘हामी नेपाली नागरिकको संवेदनामा परेको चोटप्रति माफी माग्छौँ,’ पत्रमा भनिएको छ, ‘राघवको चरित्र निर्वाह गरेका प्रभासले बोलेको संवाद ‘आज मेरे लिए मत लड्ना, उस दिन के लिए लड्ना जब भारत के किसी बेटीपर हाथ डालने से पहले दुराचारी तुम्हारा पौरुष याद करके थर्र उठेगा’ले सीताको माताको जन्मस्थानको प्रतिनिधित्व गर्दैन।’

तर, चित्तबुझ्दो स्पष्टिकरण नआएको भन्दै बालेन्द्रले त्यसको जवाफ फर्काएका छैनन्।
 

विशेष