News विदेश

ग्रिसमा पानी जहाज दुर्घटना, मृत्यु हुनेमा ३०० बढी पाकिस्तानी

ग्रिसमा पानी जहाज दुर्घटना, मृत्यु हुनेमा ३०० बढी पाकिस्तानी

केही दिनअघि ग्रिसको समुन्द्री तटमा भएको पानी जहाज दुर्घटनामा परेका करिव ७५० भन्दा बढी याात्रु मध्ये करिव ६ सय जनाको मृत्यु भएको आशंका गरिएको छ।

सिरिया, इजिप्ट, प्यालेस्टाइन क्षेत्र र पाकिस्तानका यात्रु रहेको उक्त जहाज दुर्घटनामा मृत्यु भएका मध्ये ३ सय जना पाकिस्तानी रहेको जनाईएको छ। पाकिस्तानको सिनेटका अध्यक्ष मुहम्मद सादिक संजरानीले आइतबार एक विज्ञप्तिमा मृत्यु हुनेमा ३०० बढी आफ्नो देशका नागरिक भएको बताएका छन् । उनले शोकमा परेका मृतकका परिवारहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

सयौंको ज्यान जाने गरी १४ जुनमा डुङ्गा पल्टिँदा भएको यो घटनालाई संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सी (आईओएम)ले भूमध्यसागरमा भएको सबैभन्दा खराब त्रासदीमध्येको एक भनेको छ ।

जहाज डुब्नबाट नरोकेको भन्दै ग्रीक कोस्टगार्डको आलोचना भइरहेको छ । दुर्घटनामा संलग्न रहेको आशंकामा हालसम्म ९ जना इटलिनयसहित १२ जनालाई हिरासतमा लिइएको छ।

उनीहरूले पहिले नै यो डुङ्गा आप्रवासीहरूले भरिएको देखेका र दुर्घटनाको सम्भावना हुँदाहुँदै पनि सावधानी नअपनाएको आरोप लागेको छ । तर अधिकारीहरूले कोस्टगार्डको बचाउ गर्दै उनीहरूले आप्रवासीहरूलाई मद्दत प्रस्ताव गरेका थिए तर आप्रवासीले नै सहयोग अस्वीकार गरेको जनाएका छन्।

उद्धारकर्ताहरूले अझै पनि दक्षिण–पश्चिम तटबाट लगभग ५० समुद्री माइल टाढा डुङ्गा पल्टिएको क्षेत्रमा खोजी गरिरहेका छन् तर थप जीवित व्यक्तिहरू फेला पार्ने आशा घट्दै गएको छ।

पानी जहाज ग्रिस

विशेष