News

चीनमा विद्यार्थी बेचेर मेडिकल ब्यवसायी हुँदै सांसद वनेका सुनिल शर्मा अन्त्यमा सन्यासी

चीनमा विद्यार्थी बेचेर मेडिकल ब्यवसायी हुँदै सांसद वनेका सुनिल शर्मा अन्त्यमा सन्यासी

मेडिकल ब्यवसायी एवम् प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि आनन्द अरुणबाट दिक्षा लिएर सांसद शर्मा ओशो सन्यासी बनेका हुन्।

ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्माले ‘स्वामी विवेकानन्द’ नाम पाएका छन्। तपोपनमा रहँदाा सार्वजनिक भएको फोटोमा उनी आश्रम र शौचालय सरसफाई गरिरहेको देखिन्छन्।

शर्मा अहिले अहिले ३ वटा मेडिकल कलेजका मुख्य लगानीकर्ता हुन् । बिराटनगरको नोबल मेडिकल कलेज, काठमाडौंको काठमाडौं मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजमा उनी मुख्य लगानीकर्ता हुन। 

मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका शर्मा नोबेल सञ्चालक हुनुपूर्व चीनका विश्वविद्यालयमा नेपाली विद्यार्थी ओसार्ने गर्थे। विद्यार्थी ओसार्दैगर्दा उनले आफनो लागि  पनि नक्कली आइएस्सी प्रमाणपत्र हात पारेको वताईन्छ। त्यसकै आधारमा उतैबाट एमबिबिएस प्रमाणपत्र लिएपछि उनी डाक्टर कहलाएको प्रहरी स्रोत वताउँछ।

नेपाल प्रहरीका अनुसार शर्माको आइएस्सी प्रमाण–पत्रमा कैफियत छ। ०७३ सालमा प्रहरीले नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ गर्ने अभियान चलाउँदा शर्मा फरार भएका थिए । त्यस वखत केन्द्रीय अनुसन्धान ब्युरोले ‘अपरेसन क्वाक’ चलाएर धेरै नक्कली डाक्टरलाई पक्राउ गरेको थियो ।

वीरगञ्ज, जनकपुर, विराटनगरबाट डाक्टरहरू पक्राउ गर्दा शर्मा वेपत्ता भएका थिए । त्यतिबेला ब्युरोमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार उनलाई खोजी गर्दा समेत फेला परेका थिएनन्।

०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनको नक्कली प्रमाण पत्रका विषयमा छानविन गरेको थियो । आयोगले उनलाई सो विषयमा बयान नै लिएको थियो। तर, शर्मा केही दिनमै अख्तियारवाट छुटेका थिए । ब्युरोको खोजीका क्रममा भने उनले तीन महिला देश नै छोडेको श्रोत वताउँछ ।

यो पनि

सुनिल शर्मा

विशेष