News

जीप दुर्घटनामा मन्त्रीकी श्रीमती र भाउजुको मृत्यु, मन्त्रीसहित ३ जना घाईते

जीप दुर्घटनामा मन्त्रीकी श्रीमती र भाउजुको मृत्यु, मन्त्रीसहित ३ जना घाईते

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने मन्त्रीसहित ३ जना घाईते भएका छन्। घाईतेलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको छ।

बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको हो। मन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर दिवेश चौधरीले जानकारी दिए ।

मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउ“पालिकाको धारछडा भन्ने ठाउँमा जीप सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।
 

विशेष