News

जीप दुर्घटनामा परेका मन्त्रीको मृत्यु, मृतकको संख्या तीन पुग्यो

जीप दुर्घटनामा परेका मन्त्रीको मृत्यु, मृतकको संख्या तीन पुग्यो

बझाङमाको केदारस्युँमा जीप दुर्घटनामा परी घाईते भएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पनि निधन भएको छ । उनीसहित मृतकको संख्या ३ पुगेको छ।

दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज लगिएको थियो। सिंहसँगै नेपालगञ्ज लगिएको चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

विशेष