News खेल

नेपालले अमेरिका विरुद्ध एक सय रन कटायो

नेपालले अमेरिका विरुद्ध एक सय रन कटायो

आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले एक सय रन कटाएको छ।

२ सय ८ रनको लक्ष पाएको नेपालले २ विकेटको क्षतिमा सो स्कोर पार गरेको हो । नेपालका लागि अहिले भीम सार्की र रोहित पौडेल खेलिरहेका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेख क्रमशः ३९ र १२ रन बनाएर आउट भएका थिए । 

ओपनर कुशल भुर्तेल ४ चौका र १ छक्का हान्दै ३९ रनमा आउट भए भने पाचौं ओभरको अन्तिम बलमा ओपनर आशिफ शेख १२ रनमा सौरव नेत्रवल्करको बलमा एलबीडब्लु धरापमा परे ।

जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भएको थियो। 

विशेष