News खेल

जिम्बावेसँग हारेको नेपाल आज अमेरिकासँग भिड्दै, यस्तो छ जितको सम्भावना

जिम्बावेसँग हारेको नेपाल आज अमेरिकासँग भिड्दै, यस्तो छ जितको सम्भावना

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आज दोस्रो खेल अमेरिकासँग खेल्दैछ। पहिलो खेलमा हारेका दुवै टिम आज एकअर्कालाई हराउने दाउमा हुनेछन्।

पहिलो खेल नेपालले जिम्बावेसँग र अमेरिकाले वेष्ट इन्डिजसँग हारेका हुन। खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा दिउँस १२ः४५ बजे सुरु हुनेछ। 

सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल महत्वपूर्ण छ। आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ। नेपाल र अमेरिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय खेल मध्ये नेपाल र अमेरिका दुई दुई खेलम विजयी भएका छन्। एक खेल भने बराबरीमा सकिएको छ। 

आइसिसी विश्वकप लिग–२ अन्तर्गत २०२० मा घरेलु मैदानमा खेलिएका दुवै खेलमा नेपालले अमरिकालाई पराजित गरेको थियो। २०२१ मा ओमानमा भएको दुई मध्ये नेपाल र अमेरिकाले एक एक खेल जितेका थिए।

०२२ मा अमेरिकामा भएको अन्तिम सिरिजमा भने एक खेल बराबरीमा सकिदा अर्को खेलमा अमेरिका वियजी भएको थियो।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्। सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

विशेष